इकागजको सय दिन, छानिएका सय सामग्री
समाचार साइटहरूको संख्यात्मक फड्कोबीच सुरु भएको इकागजडटकम ekagaj.com आज सय दिनको भएको छ । सुरुवातमा हामीले आफैँलाई कुनै नारा र विशेषण दिएका थिएनौँ । हामीले भनेका थियौँ-हामीले पस्किने सामग्रीबाटै हाम्रो पहिचान र सामर्थ्य स्पष्ट हुनेछ । समर्थन र विरोधको भूमध्यरेखामा टेकेर लोकतन्त्र, सुशासन, समृद्धि, खुला अर्थतन्त्र, सामाजिक न्यायको मार्गमा हामी यहाँहरू सँगसँगै यात्रा गर्नेछौँ ।
यो सय दिनको बीचमा हामीले आफ्ना वाचा बिर्सेका छैनौँ, बरु यहाँहरूको अगाध माया र विश्वासबाट अभिप्रेरित हुँदै थप जिम्मेवार हुनेछौँ । हामीलाई निराश बनाउन शासक र कोभिड-१९ ले प्रतिस्पर्धा गरिरहेको यो समयको तस्बिर हामीले विम्बमा हैन, वस्तुका रूपमा पस्कियौँ र पस्किन्छौँ । वस्तुपरक र यथार्थपरक सामग्रीको गहिराइ, उचाइ र फैलावट यो सय दिनमा यहाँहरूले पक्कै अनुभव गर्नुभयो होला भन्ने हामीलाई विश्वास छ ।
हामीले सुरुवातदेखि नै खँदिला र विश्वसनीय सामग्री पस्किनुपर्छ भन्ने लागेर इकागजमा खोजी समाचार, विविध विचार र रोचक फिचरलाई महत्व दियौँ र दिइरहनेछौँ । पञ्चायतको ३० र पञ्चायतपछिको ३० वर्षलाई केन्द्रमा राखेर नेपाली समाजका विविध पाटाको समीक्षा गर्यौ ।
हालसम्म २४ जना अध्येता-अनुभवीका विचार सम्प्रेषण गरिसकेका छौँ । र, यो क्रम जारी छ । यसरी नै हामीले सुशासनका मुद्दालाई प्रधानता दिँदै शासन-प्रशासनमा हुने विकृति, पानी र ऊर्जा क्षेत्रमा भएका विकृति, विभिन्न क्षेत्रमा भएका खराब काममा हामीले औँला ठड्याएका छौँ र ठड्याइरहनेछौँ ।
सूचना मात्र दिनु पनि हाम्रो कर्तव्य होइन । हामीले ‘इकागज-स्कुल’ भनेर शृंखलाबद्ध सामग्री पस्किरहेका छौँ । संघीयतामा पनि ‘काठमाडौँ मानसिकता’ उस्तै रहेको अनुभव आत्मसात् गर्दै हामीले ‘काठमाडौँबाहिर’ शृंखला सुरु गरेका छौँ । कोभिडकालमा संसदीय निष्क्रियताबारे हामीले शृंखलाबद्ध रूपमा दर्जनौँ सामग्री सम्प्रेषण गर्यौँ ।
पाठकले हामीलाई दिएको अर्को अगाध माया विचारका क्षेत्रमा पनि हो । इकागजमा हामी विभिन्न स्वनामधन्य व्यक्तित्वका विचारोत्तेजक लेख नियमित सम्प्रेषण गर्छौँ । विस्तृत आयामका गहन लेखमा पनि हामीले गम्भीर पाठक पाएका छौँ ।
आज सय दिन पुगेको अवसरमा हामीले इकागजमा सम्प्रेषित केही सामग्री यहाँ छानेका छौँ । आजसम्मको हाम्रो यात्रामा सहयात्री भइदिनुभएकामा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरी नै प्रेम पाइरहनेछौँ भन्नेमा हामी विश्वस्त छौँ ।
छानिएका सय सामग्रीहरू
लुम्बिनीका नेकपा नेता : स्वार्थ मिलेपछि ‘तैं चुप मै चुप’
बालबालिकाले कहाँ छाप्ने ? के पढ्ने ?
‘राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयको एउटा शाखा जस्तो देखियो’
अब्बल उपप्रमुख ‘मोहनमाया’
१९ पाइलामै रोकियो राष्ट्रनिर्माताको यात्रा
काठमाडौंबाहिर ५ : खेलकुद संघ संस्थाको मुखमा खेलकुद छ, व्यवहारमा छैन
इकागज संवाद : कम्युनिस्ट मिलाउन चीनले प्रयास गर्छ : पूर्वराजदूत
नेकपा विवाद : प्रदेश-१ मा एकले अर्को समूहलाई कारबाही गर्ने होडबाजी
प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले
धरहरा पुनर्निर्माण कि नवनिर्माण ?
‘शीर्ष’हरूका नातिनातिनी पुस्ता के सोच्छन् ? के चाहन्छन् ?
टिप्पणी : निर्वाचित संसद भंग हुँदा छिमेक र अन्तर्राष्ट्रिय समुदायको आश्चर्यजनक मौनता
कार्थक : कोलाहलमा एक्लो मान्छे
यो राजनीति बुझ्नुभएको छैन ? पढ्नुहोस्, १२ प्रश्नोत्तर
घटनाचक्र : तुजुकको शिकार हाम्रो संसद्
‘नागरिक नेता’को टिप्पणी : महामारीमा भित्रै थियौँ, ओली-भण्डारीले सडकमा निकाल्छन् भने तयार छौँ
महाअभियोग र अविश्वास प्रस्तावबाट आत्तिएका ओलीको काठमाडौंमा एक फन्को
नसुनिएका कथा : ...र पनि बाँच्नु त छँदैछ
नगरकोटी, सोल्ड आउट !
कोभिडकालमा संसदीय समिति : किसान आन्दोलन : ‘उद्योग’को रहस्यमय निरीहता
‘नमान लाज यसरी’ गाउन गएका प्रेमध्वज जब ‘माइतीघर’मा हिरो बन्न लजाए
संवैधानिक परिषद् बैठक : सभामुख नजानुको कारण अनेक, देउवा जानुको कारण एक
कोभिडकालमा संसदीय समिति : मेलम्चीको पाइपमा अल्झियो ‘विकास’
कोभिडकालमा संसदीय समिति : दुई मन्त्रीसँग किन झस्कियो, ‘लेखा’ ?
संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?
कोभिडकालमा संसदीय समिति : ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ले किन देखेन चीन ?
कोभिडकालमा संसदीय समिति : महिला समितिको एनजीओ/आइएनजीओ मोह
कोभिडकालमा संसदीय समिति : सरकारलाई ‘मानवअधिकार’को त्यो निर्देशन
कोभिडकालमा संसदीय समिति : अर्थ- कहाँ चुक्यो, कहाँ फुक्यो ?
नारायणगोपाल–पेमालाले नजन्माएको छोरो
कोभिडकालमा संसदीय समिति : ‘अस्वस्थ’ स्वास्थ्य समिति
कोभिडकालमा संसदीय समिति : निरीहताको ‘राज्य व्यवस्था’ मोडल
आधा नेपालको बिजुलीको स्वीच भारतको हातमा
मन्त्रिमण्डलले एक महिना घरभित्र बस्छु भन्दा पनि कुनै फरक पर्दैन
नेपाललाई डुबाउने भारतको डरलाग्दो निर्णय
काठमाडौँबाहिर-१ : फोहोरी काठमाडौँ नगई सुखै छैन, खास्सा त पोखरा लाग्छ
संसद्को निष्क्रियता : कहाँ चुके सभामुख ?
फिल्म ‘बासुदेव’मा महाकविको इन्ट्री
पहिलोचोटि हेरेको हेर्यै, दोस्रोचोटि दौडेको दौड्यै अनि तेस्रोचोटि वृत्तचित्र
बुध्दिसागर र निश्चलको दोस्ती ‘जिन्दावाद’
‘बालुवाटार नेकपाको पार्टी कार्यालय हो र ?’
संसदीय सुनुवाइको ‘कर्मकाण्डी’ मोडल
‘दसैँमा दुर्गा भवानी नै पर सरेकी त छैनन् ?’
टिप्पणी : लोकतान्त्रिक र गैरलोकतान्त्रिक ध्रुवमा विश्व
अनलक्की सेभेन : जसलाई फापेन सात नम्बर
वुहानबाट विद्यार्थी ल्याउँदा डराएका खरिपाटीबासी दैलोमै कोभिड आइपुग्दा के गर्दैछन् ?
क्रिकेटका लागि घर छाड्ने जयसवाल
संकटमा किन खुम्चियो संसदको सक्रियता ?
संवैधानिक संस्था : ‘ख्याति’ र ‘उच्च नैतिक चरित्र’को चीरहरण !
कहिले हुन्छ ईपीजी प्रतिवेदनको सनाखत ?
'आधुनिक क्रिकेटमा कौशलले मात्र पुग्दैन मेन्टल टफनेस पनि चाहिन्छ'
कोलम्बसको बाटो छेक
किन उपसभामुख पनि छोड्न चाहँदैन नेकपा ?
प्रदेश वन निर्देशनालयको ८० प्रतिशत बजेट भौतिक पूर्वाधारमा
कर्णाली सांसदका गाडी मर्मतमा साढे ३८ लाख खर्च
यसरी सुरु भयो प्रकृतिको राजनीतिक अभियान
‘नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणको नेतृत्व गर्न सक्छ’
प्रदेश-२ : भोज भतेरमै ४ करोड बजेट विनियोजन
किन अनियन्त्रित भयो कोभिड-१९ को गाडी ?
अस्थायीबाट उठाएर फेरि अस्थायी ?
दाहाललाई ओलीका तीन ‘सरप्राइज’, जसले बढायो दूरी
फेरि हावी भयो खुफिया एजेन्सी, पाखा लाग्दै कूटनीतिक संयन्त्र
बाबुरामलाई वरियताबिनाको पगरी
'दसैं धुन' जसले जोड्यो मेची-महाकाली
कहाँ पुग्यो प्रधानमन्त्री ओलीको बायोपिक ?
दशैँको मुखमा मुग्लान पस्न तछाडमछाड
मुगुमा मास्टरी गर्ने राजेशलाई बुसानहरू पानी–पँधेरो
हेर्नुहोस्, इकागजका कार्टुनहरू :
पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले आफ्नो लेखमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोको कदम असंवैधानिक भन्दै विघटनको धारा कहाँ छ देखाइदिन चुनौती दिएकी थिइन् । यो लेख किन पनि महत्वपूर्ण छ भने सुशीला कार्कीसहितका चार पूर्वप्रधान न्यायाधीशबाट साझा धारणा आउनुभन्दा धेरै अघि कू प्रकरणको पर्सिपल्टै पुस ७ गते उनले यो लेख लेखेकी थिइन् (कार्कीले लेखका अरु चारवटा लेख पनि पढ्नुहोला) :
कसैले मलाई देखाइदेओस्, प्रतिनिधिसभा भंग गर्ने धारा कहाँ छ ?
यस्तोमा न्याय क्षेत्र कसरी शुध्द र सक्षम बन्न सम्भव छ र ?
कोभिड कालमा घर-परिवारदेखि अड्डा-अदालतसम्मका कुरा
इकागजले पञ्चायतको ३० र पञ्चायतपछिको ३० वर्षबारे ३०(३० शृंखला सुरु दिन कात्तिक १ देखि नै सुरु गर्यो । जहाँ हालसम्म २४ जना अध्येता–अनुभवीका विचार–टिप्पणी छापिइसकेका छन् । यी सामग्री राजा महेन्द्रको पुस–प्रकरण (२०१७ पुस १) देखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पुस–प्रकरण (२०७७ पुस ५) सम्मको नेपालका चिनारी हुन् । पढ्नुहोस् :
- माइकल हटले ‘मुनामदन’ अनुवाद गर्नुमा के भूराजनीतिक चासो छ ?
- भ्रष्टाचारको तीव्र यात्रा : केन्द्रीकरणबाट विकेन्द्रीकरणतिर
- फिल्म : सफ्ट-पावर कि व्यापार ?
- कुन देश समृध्द छ, जहाँको शिक्षा नेपालको जस्तो होस्
- यस्तोमा न्याय क्षेत्र कसरी शुध्द र सक्षम बन्न सम्भव छ र ?
- पञ्चायतपछिको ३० वर्ष : न विस्मात्, न हर्ष
- महिलाको नछाप्ने तर हामीलाई गाली गरेको चाहिँ जति पनि छाप्ने
- पञ्चायतमा अहिले भन्दा कम भ्रष्टाचार हुन्थ्यो भन्छन्, तर म मान्दिनँ
- बीपी मोडल डेमोक्रेसी, एमाले घनसलाम र प्रजातन्त्र जेम्स बन्ड
- हिजो शाही शासनको भुंग्रोमा परेँ, आज राज्यका अंगहरू `व्यवसायी´को कब्जामा देख्छु
- तीनवटा पञ्चायतको पतनपछि पाँचवटा पैसातन्त्र
- म ‘आमा’भन्दा दुई वर्ष मात्र कान्छो छु
- खै संस्कृति ? विकृतिको बाढीमा बगिगयो !
- राजनीतिमा रस पसेको मानिस किन पत्रकार हुनुपर्यो ?
- नाटक चलेको ‘अभिनय’ गरिरहेछौँ
- शिक्षा : उपेक्षा, उपेक्षा र उपेक्षा
- ओली, दाहाल, देउवा, बाबुरामहरू शिक्षा सुधार्न कहिल्यै मिटिङ बसेको थाहा छ यहाँलाई ?
- कूटनीति : पञ्चायतमा बलियो, प्रजातन्त्रमा खै के, खै के !
- हरेक भ्रष्टाचार काण्ड कि त बालुवाटार छिर्छ, कि त सिंहदरबार
- औषधी पसल बराबरको पूर्वाधार छैन, मेडिकल कलेज !
- गणतन्त्र नागरिकको, संविधानसभा माओवादीको र संघीयता मधेस आन्दोलनको फल
देश–दुनियाँभरबाट नेपालबारेका दुर्लभ ऐतिहासिक सामग्री संकलन, सम्पादन, अनुवाद गर्ने युवा पुस्ताका गम्भीर अध्येता सन्तोष खडेरीले हालसम्म इकागजमा १० वटा लेख लेखिसकेका छन् । पढ्नुहोस् सबै पठनीय तथा संग्रहणीय लेख :
राजा त्रिभुवनलाई अमेरिकाले भिसा नदिनुको वास्तविकता
- पृथ्वी : अपराधभन्दा अभियोग धेरै
- त्यसपछि पञ्चायती सरकार बीपीलाई फाँसीमा चढाउने योजनाबाट पछि हट्यो
- बाथटबमा अन्तिम सास फेरेका ती कूटनीतिज्ञ
- राजा महेन्द्रको चिठी नेहरूलाई : पुस १ प्रकरणपछि तुलसी गिरीको त्यो दिल्ली उडान
- खुकुरीभन्दा कर्द लाग्ने, राजाभन्दा युवराज जान्ने !
- नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको त्यो चीन भ्रमण
- नेपालको दुई फिट लामो खुकुरी, अमेरिकाको स्वतन्त्र राष्ट्रको मान्यतापत्र
- इन्डोनेसियामा तैनाथ बेलायती गोर्खा फौजको विरोध
भारत–अमेरिका सहकार्य र ट्रम्प प्रशासनबारे गरिएको मूल्यांकन अनि अमेरिकी जनताले निर्वाचनमा गरेको निर्णय अघिकै आँकलन र अहिलेको विश्व परिवेश
लोकतान्त्रिक र गैरलोकतान्त्रिक ध्रुवमा विश्व
दाहालले विश्वको साथ खोज्दा उनको विगत सम्झाएको स्टोरी :
अमेरिकी निर्वाचनको सन्देश सम्बन्धमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थशास्त्री डा. स्वर्णीम वाग्लेको यस लेखमा अमेरिकी मूल्य–मान्यताको पुनःस्थापनाका लागि डमोक्र्याटको विजयको अर्थ, तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्कीपन र कमजोरीहरूको चर्चा गरिएको छ :
अमेरिकी राष्ट्रपति निर्वाचनका तीन सन्देश
पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले हुलाक सेवाको आधुनिकीकरण र व्यावसायिकताका सम्बन्धमा चर्चा गरेका छन् :
एसियाली विकास बैंकमा कार्यरत विनिता शाह खड्काले रारा क्षेत्रको भव्यता र त्यहाँको दुर्गमताका विषयमा ब्लगमा चर्चा गरेकी छिन् :
दुर्गमता लुकाइरहेको राराको भव्यता
कोभिड–१९ को बीमा गरेका बीमितहरूले बीमा दाबी भुक्तानी नपाएको र नियामक बीमा समिति मूकदर्शक रहेको चर्चा यस रिपोर्टमा छ :
‘बिमाप्रतिको विश्वासमै ह्रास ल्याउने’
डा. युवराज खतिवडाले १०ओटा राजनीतिक नियुक्ति पाएको र अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल पूरा गर्दा खतिवडाले नेपाल राष्ट्र बैंकको जागिरे जीवनपछि पनि १७ वर्ष राजनीतिक नियुक्तिमा बिताउने समाचार इकागजले प्रकाशन गरेको थियो :
डा. खतिवडाको दशौं पदको ‘क्लीयरेन्स’
दशकदेखि नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर कायम भएको छ । नेपाललाई खुला विनिमय दर अपनाउँदा के हुन्छ भन्ने अध्ययन प्रतिवेदनमा आधारित समाचार :
'खुला विनिमय दरमा जान जटिलता छैन'
शाही आयोग खारेज गर्ने सर्वोच्च अदालतका तत्कालीन न्यायधीश मीनबहादुर रायमाझीसँगको अन्तर्वार्ता
‘प्रधानमन्त्रीले हामीलाई धम्क्याएर हुनेवाला केही छैन’
बीमा क्षेत्रको नियामक बीमा समितिको अध्यक्ष बन्न कुनै विशिष्ट योग्यता नतोकिनुले विशुद्ध दलको भारदारको नियुक्ति हुनसक्ने जोखिम यस समाचारले औंल्याएको छ ।
बीमा समितिको अध्यक्ष बन्न योग्यता नचाहिने !
मध्यम वर्गीय जनतालाई साथ लिएर एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने दाबी गर्ने सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एक निहत्या शिक्षकको बीभत्स हत्या ग¥यो । अपहरण गरी जंगलमा लगेर घाँटी रेटी उनको हत्या भयो । समूहले व्यक्ति हत्यामा पहिलो पटक आधिकारिक रुपमै जिम्मा लियो । शिक्षकको हत्या गरेर चन्द नेकपाले राज्यलाई चुनौती दियो । आम नागरिकलाई तर्साउन खोज्यो ।
शिक्षकको हत्या गरेर चन्द समूहले दिन खाेजेकाे सन्देश
वर्षअगाडि तत्कालीन राजा महेन्द्र अमेरिकाको भ्रमणमा जाँदा कर्णाली नदीमा ठूलो जलविद्युत् आयोजना निर्माण गर्नेबारे छलफल भयो । त्यही छलफलपछि अमेरिकी सहयोगमा विश्व बैंक र युएनडीपीमार्फत कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइयो । तर सन् १९६० मा सुरु कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना अझैसम्म अलपत्र छ :
सन् १९६० मा सुरु कर्णाली चिसापानी बहुउद्देश्यीय आयोजना अझैंसम्म अलपत्र
मार्टिन चौतारीले पुस्तक प्रकाशनमा सेन्चुरी हान्यो । सेन्चुरी हान्दासम्मका दुःख–सुखका कथा :
कुनै समय थियो, मानिसहरू आफ्ना लागि खाना आफँै उमार्थे । आफ्ना लागि लुगा आफैँ बुन्थे । तर अचेल यस्तो छैन । समय बदलिएसँगै मानिसका सौख पनि बदलिए । पहिरन बदलिए । त्यसैले गर्दा नेपाली ढाका ओझेलमा पर्दै गयो । तर अझै पनि केही स्थानमा परम्परागत शैली र सीपका आधारमा ढाका बुनिन्छन् । यसबारे मनीष अर्यालका तस्बिर :
नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको बेला संविधानसभाबाट संविधान जारी भयो । त्यही संविधानमा उल्लेख भएको धेरै नै अफ्ठेरोमा परेको बेला मात्रै प्रयोग गर्न राखिएको धारा प्रयोग गरेर मात्रै त्यसपछि एउटा महाधिवेशन भयो, हुने बेला भएको अर्को महाधिवेशन पनि संविधानको त्यही धारा प्रयोग गर्नुपर्ने अवस्था आएको छ ।
नयाँ संविधानपछिका कांग्रेस महाधिवेशनः संविधानको प्रावधान गुहारेर मात्रै
लेखक शरद प्रधानले दार्जिलिङको कलासाहित्य इतिहासको सेरोफेरोमा ‘शरद शृंखला’अन्तर्गत लेखका लेख धेरै रुचाइए । इन्द्रबहादुर राई, पारिजात, राजनारायण प्रधान, प्रकाश कोविद, पिटर जे. कार्थक, कुमार प्रधान, मत्स्येन्द्र प्रधानका छोपिएका पाटाबारे लेखेका रोचक लेख पढ्नुहोस् :
आईबी दाजु र कुमार दाजुले मलाई हेप्नुहुन्छ, साहित्यकार मान्नुहुन्न
- इन्द्रबहादुर राईको तेस्रो लीला
- पारिजातका प्रेमी धनुवरदेखि उनले जलाएका चार उपन्याससम्म
- प्रकाश कोविद : जसले किताब छरेर आँसु बटुले
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया